नेपाल इन्जिनियरिङ परिषद्ले सगरमाथा इन्जिनियरिङ कलेज, सानेपा, ललितपुरलाई प्रदान गरेको स्थायी मान्यता (Permanent Accreditation) प्रति हामी हार्दिक आभार व्यक्त गर्न चाहन्छौं।
यस महत्वपूर्ण उपलब्धि सम्भव बनाउन योगदान पुर्याउनु हुने नेपाल इन्जिनियरिङ परिषद्, त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान (IOE), सगरमाथा परिवारका समर्पित शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा सरोकारवाला सबैमा सगरमाथा परिवारको तर्फबाट हार्दिक धन्यवाद प्रकट गर्दछौं।
यो उपलब्धिले हामीलाई अझ जिम्मेवार, प्रेरित र गुणस्तरीय इन्जिनियरिङ शिक्षामा समर्पित रहन उत्साहित बनाएको छ।
हामी निरन्तर उत्कृष्टता र नवप्रवर्तनतर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्द
छौं।